-->
संकल्प कार्यक्रम सहित सदभावनाद्धारा छुट्टै आन्दोलनको घोषणा


पुस १८ |
भैरहवा– ४ महिना बढी समय देखी
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी
मोर्चाको एक घटक सदभावना पार्टीले
केन्द्रको निर्णयअनुसार रुपन्देहीमा पनि
संकल्प कार्यक्रम सहित छुट्टै आन्दोलनको
कार्यक्रमको घोषणा गरेको छ ।
छुट्टै कार्यक्रमको घोषणा गरे पनि
मोर्चा संगको सहकार्य भने यथावत रहने
समेत सदभावनाले जनाएको छ ।
पार्टीले भैरहवामा पत्रकार सम्मेलनको
आयोजना गर्दै पुस १९ गते देखी २७ गते
सम्मलाई आन्दोलनको नया कार्यक्रम
घोषणा गरेको जनाएको छ । पार्टीका
केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव
(गुल्जारी)ले सदभावनाले छुट्टै
कार्यक्रमको आयोजना गरे पनि
मोर्चासितको सहकार्य भने यथावत
कायम रहेको स्पष्ट पारेका छन । उनले
मोर्चाले तोकेको आन्दोलनका अन्य
कार्यक्रम सहित संकल्प कार्यक्रम पाि
संगसंगै लाने पत्रकार सम्मेलनमा जानकारी
दिए ।
सदभावनाले सार्वजनिक गरेको संकल्प
कार्यक्रममा पुष १९ गते शहि आत्माको
शान्तीको लागी बिभिन्न धार्मिक
स्थलमा प्राथना सभाको आयोजना गर्ने
। २० गते दिउसो १२ बजे देखी १ बजे सम्म
मौनव्रत राख्ने, २१ गते आन्दोलनको
बिभिन्न नारा सहित भित्ते लेखन गर्ने
पार्टीद्धारा जारी बिज्ञप्ती मार्फत
जानकारी गराईएको छ । यसै गरि २२ गते
देखी प्रत्येक दिन मधेश आन्दोलनको समर्थन
गर्दै साईकल, मोटरसाईकल, रिक्सा, ठेला,
बैलगाडीमा कालो झण्डा प्रयोग गर्ने,
यसै गरि सोही दिन देखी आन्दोलनको
समर्थनमा प्रत्येक दिन हाथमा कालो
पट्टि बाध्ने कार्यक्रम रहेको उपाध्यक्ष
गुल्जारीले बताए ।
यसै गरि पुस २३ गतेदेखी शहिदको
सम्झनामा प्रत्येक दिन १ वटा दियो
अथवा मैनबत्ती जलाउने, २४ गते मधेश सहित
भारत लगायत अन्य देशमा बस्ने आफन्तलाई
बिभिन्न सामाजिक सञ्जाल, ईमेल,
एसएमएस वा अन्य तरिकाले मधेशको
अवश्थाको बारेमा जानकारी गराउन
समेत पार्टीले आव्हान गरेको गुल्जारीको
भनाई छ । २५ गते संविधानमा हस्ताक्षर
गर्ने बिभिन्न पार्टीका सांसदले आ–
आफ्नो पार्टी छाडी मधेश आन्दोलनको
समर्थन गर्न हस्ताक्षर अभियान चलाउन
समेत जारी बिज्ञप्ती मार्फत उर्दी
जारी गरिएको छ ।
पुस २६ गते दमनको बिरोधमा सेतो
कपडामा हस्ताक्षर संकलन तथा २७ गते
आन्दोलनको १ सय ५० दिन पुरा भएको
भनि १ दिन भोकै बस्न समेत जारी
बिज्ञप्तीमा उल्लेख छ । सदभावनाका
अध्यक्ष राजेन्द्र महतो अहिले उपचारको
लागी भारतको दिल्ली भए पनि जारी
बिज्ञप्तीमा महतोकै हस्ताक्षर रहेको छ
। हिन्दी भाषमा जारी बिज्ञप्तीमा
“अहिले नभए कहिले पनि हुन्न ” भन्ने
मनसायको संकल्प लिएको बताउदै
आन्दोलन किनारा नलागे सम्म चुप लागेर
नबस्ने उल्लेख छ ।
यता यस बिषयमा संयुक्त लोकतान्त्रिक
मधेशी मोर्चाका संयोजक महेन्द्र यादवले
आफुलाई केही जानकारी नभएको
प्रतिक्रिया दिएका छन ।रातोपाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.