-->
प्राचीनकालमा हिन्दुहरुले गाईको मासु खान्थे


उनले लेखेका छन्, ‘ विष्णुका लागि गोरु, इन्द्रका लागि
सिंङ र जुरो भएको साँढे र रुद्रका लागि रातो गाई
चाहिन्थ्यो ।’
नेपालका अधिकांश जनजातिहरुले गाईको मासु खान्छन् ।
त्यस्तै मुस्लिम समुदायको पनि खाद्य पदार्थ हो ।
जनजातिहरुको धार्मिक कर्ममा गाईको मासु नभई नहुने हुन्छ
। तर नेपालमा त्यही गाईको मासु खान प्रतिबन्ध
लगाइएकोछ । हिन्दु धार्मिक मान्यतामा गाईलाई
लक्ष्मीको रुपमा पुजा गरिन्छ । अझ नेपाल यस्तो देश हो
जहाँ मानिसका लागि होइन, गाईकै लागि एक दिन
विदासमेत दिइन्छ ।
धर्म निरपेक्ष राष्ट्र नेपाल भएकाले संविधानमा उल्लेख भएजस्तै नेपालमा सम्पूर्ण धर्महरु समान रहेका छन् । कसैले आफ्नो धर्मको पालना गर्दा
अर्को धर्मालम्बीको आस्थामा चोट पुग्ने कार्य फेरिपनि गरिनु हुँदैन ।
यसै प्रसंगमा हिन्दुहरु स्वयमले प्राचीनकालमा गाईको मासु खान्थे, अझ् अचम्म त
के छ भने आजका तिनै हिन्दु भगवानहरुलाई गाईकै बलि लिइन्थ्यो भन्ने तपाईलाई
थाहा नहुन सक्छ । यसबारे भारतका एक जना विद्धान अम्बेडकरको धारणा
हामीले यहाँ उल्लेख गरेका छौं ।
भारतीय संविधानको प्रमुख निर्माताहरु मध्ये एक थिए अम्बेडकर । उनी एक
सोधकर्तापनि थिए । उनले गौमांस खाने बारेमा एउटा निबन्ध लेखेका थिए ।
उक्त निबन्ध उनको ‘अछुतः को थिए र उनीहरु अछुत किन बने’ भन्ने पुस्तकमा
सङ्ग्रहित छ ।
दिल्ली विश्वविद्यालयमा राजनैतिक शास्त्रका प्रोफेसर शम्सुल इस्लामले उक्त
निबन्धलाई सम्पादन गरि हिन्दी बीबीसीका लागि उपलब्ध गराएको
सामाग्री हामीले यहाँ प्रस्तुत गरेका छौं ।
पवित्र छ त्यसकारण खानुपर्छ
अम्बेडकरले प्राचीन कालमा हिन्दुहरुले गाईको मासु खाने गरेको कुरा साबित
गर्नकालागि हिन्दु र बौद्ध धर्मग्रन्थहरुको सहारा लिएका छन् ।
उनका अनुसार गाईलाई पवित्र मान्नु भन्दा पहिला गाईलाई मारिन्थ्यो । अम्बेडकरले हिन्दु धर्मशास्त्रका विख्यात विद्धान पीवी
काणेलाई उदृत गर्दै सो कुरा बताएका छन् । काणेले लेखेका छन्, ‘यस्तो होइन की दैविककालमा गाई पवित्र थिएन, त्यही गाईको
पवित्रताको कारणले नै त्यसलाई खानुपर्छ ।’ (मराठीमा धर्मशास्त्र विचार, पुष्ठ–१८०)
अम्बेडकरले लेखका छन्, ‘ ऋगवेदकालका आर्यहरुले खानका लागि गाईलाई मार्थे ।
यो ऋगवेदमा प्रस्ट शब्दमा लेखिएको छ ।’
ऋगवेदमा (१०.८६.१४) मा इन्द्रले भनेका छन्, ‘उनीहरुले एकसाथ पाँचवटा भन्दा बढि
गोरुहरु पकाए ।’ (१०.९१.१४) भनिएको छ की अग्निका लागि घोडा, गोरु,
साँडे, बाँझी गाईहरु र भेँडाहरु बलि दिइन्थ्यो । (१०.७२.६) गाईलाई तरबारले
मार्ने गरिन्थ्यो ।
अम्बेडकरले वैदिक ऋचाहरु उल्लेख गर्दै बलि दिनका लागि गाई र साँडे छनौट गर्ने गरिन्थ्यो उनी उल्लेख गरेका छन् ।
अम्बेडकरले भिविन्न भगवानलाई गोरु र गाई बलि दिइन्थ्यो भनि लेखेका छन् ।
उनले भनेका छन्, ‘ विष्णु भगवानका लागि गोरु, भगवान इन्द्रका लागि सिंङ र
चुरो भएको साँडे, पुशनका लागि काली गाई, रुद्रकालागि रातो गाई
चाहिन्थ्यो ।’
सोधपत्रको आधारमा अम्बेडकरले एक समय हिन्दुहरु गाईको हत्या गरेर मासु खान्थे
भनि उल्लेख गरेका छन् । अन्तमा अम्बेडकरले लेखेका छन्, ‘ यो प्रमाणबाट कुनै सन्देह
छैन की एक समय यस्तो समय थियो, जब हिन्दु जसमा ब्राम्हण र गैर–ब्राम्हण दुबै
थिए उनीहरुले गाईको मासु खाएका थिए ।’
Source:-purbelinews बाट।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.