-->
१२ वर्षकी श्रेयाको कान कमिलाको घर, डाक्टरले निकाले १ हजार कमिला


नयाँ दिल्ली, भारतको गुजरातमा बस्ने श्रेया दारजीको
कानबाट डाक्टरहरुले एक हजार कमिला निकालेका छन् । १२
वर्षकी श्रेयालाई अगस्त २०१५ देखि कानमा लगातार
चिलाउने समस्या देखिएको थियो । त्यसपछि डाक्छटरले
उनको कानबाट १ हजार कमिला बाहिर निकाले ।
श्रेयाका बुवाआमाका अनुसार, उनको कानबाट १० जिउँदै
कमिलाहरु हरेक दिन बाहिर आउने गर्दछन् ।
शुरुमा कान चिलाएपछि डाक्टरहरुले एक सय कमिला बाहिर
निकालेका थिए । तर कमिलाले लगातार बच्चा जन्माएको
कारण यो संख्या बढ्दै गइरहेको थियो । त्यसपछि फेरी
कमिला निकाले तर कमिला निस्किने क्रम रोकिएन ।
श्रेयाका बुवाआमाले बताए अनुसार, आयुर्वेदेखि अन्य कैयन्
डाक्टरलाई देखाउँदा पनि उनको समस्या हल भएको छैन । एभरेस्ट दैनिक बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.