-->
साग २०१६ : बंगलादेशलाई पराजित गर्दै नेपालको विजयी शुरुवात


काठमाडौं – नेपाली महिला फुटबल
टोलीले बंगलादेशलाई पराजित गर्दै
विजयी शुरुवात गरेको छ ।
१२ औं दक्षिण एसियाली खेलकुद
अन्तरगत शिलोङको जवहरलाल नेहरु
रंगशालामा शुक्रबार भएको खेलमा
नेपाल ३–० ले विजयी भएको हो ।
नेपाललाई जीत दिलाउने क्रममा
खेलको दोस्रो मिनेटमा नै दिपा
अधिकारीले गोल गरेकी थिइन् । त्यस्तै
अनु लामाले गोल गर्दै नेपालको अग्रता
दोब्बर बनाइन् ।
दोस्रो हाफको अन्त्यतिर गोल गर्दै
निरु थापाले नेपाललाई सहज जित
दिलाइन् ।
१२ औं दक्षिण एसियाली खेलकुद
भारतको गुहाटीमा शुरु भएको छ ।
१२ दिने यस प्रतियोगितामा ८ सार्क
राष्ट्रका २५ सय खेलाडीहरु भाग
लिनेछन् ।
गुहाटीमा १६ वटा खेल हुनेछ भने
शलोङमा ६ वटा खेल हुनेछ । पहिलो
दक्षिण एसियाली खेलकुद
काठमाडौंमा सन् १९८४ मा भएको
थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.