-->
खोटाङमा कुटपिटबाट एक जनाको मृत्यु


खोटाङ, फागुन १६ – खोटाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । रक्सी खाएक दुई जनाबिच भएको कुटपिटको क्रममा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
राखाबाङ्देल–७ का २० वर्षका दिपेश राईको कुटपिटबाट राखाबाङ्देल–८ का ४५ वर्षका लककुमार राईको ज्यान गएको हो ।
शनिबार राति दिपेशले बाँसको लाठी हान्दा बेहोस भएका लककुमारको आइतबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले बताउनुभयो ।
दिपेशलाई ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट गएको प्रहरीले पक्राउ गरेको छ ।ujyaaloonline बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.