-->
मड्रिड डर्बीमा रियल मड्रिड पराजित, उपाधि जित्ने सम्भावना सकियो


फागुन १६ – स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिड पराजित भएको छ । ला लिगा अन्तर्गत शनिबार राति रियलको घरेलु मैदान बर्नव्यउमा भएको खेलमा एथ्लेटिको मड्रिड १–० ले विजयी भयो । ला लिगा अन्तर्गत रियलको घरेलु मैदानमा रियलमाथि एथ्लेटिको मड्रिडको यो लगातार तेस्रो जित हो । पहिलो हाफमा गोलरहति बराबरीमा रोकिएको रियलका लागि दोस्रोको सुरुको समय प्रतिकुल बन्यो । एथ्लेटिकोको जितमा ५३ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गरेको गोल नै निर्णायक बन्यो । हारपछि रियल मड्रिडको उपाधि जित्ने सम्भावना प्राविधिक रुपले सकिएको छ । जित निकालेको एथ्लेटिको मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा पाँच तथा रियल मड्रिड ९ अंकले पछि छ ।
बार्सिलोनाको २५ खेलबाट ६३ अंक छ भने २६ खेलबाट ५८ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो तथा ५४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ । पहिलो हाफमा क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको एक फ्रिकिक मात्रै रियलको पोस्ट चार्ज हो । त्यो गोलमा परिणत हुन सकेन । जिनेदिन जिदान प्रशिक्षकमा आएपछि ८ खेलमा अपराजित रहे पनि मड्रिड डर्बीमा पराजित भए । उनी राफेल बेनिटेजलाई प्रतिस्थापन गरेर रियलको प्रशिक्षक बन्दा रियल बार्सिलोना भन्दा दुई अंकले मात्रै पछि थियो ।तर अहिले ९ अंकले पछि परिसकेको छ । हारपछि रियलका समर्थकले क्लबका अध्यक्ष फोल्रेन्टिनो पेरेजको राजिनामा माग गरेका थिए । शनिबार राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले
गेटाफेलाई १–० तथा स्पानियोलले स्पोर्टिङ डी गिजोनलाई ४–२ हरायो । रियल सोसिडाड र मालागाले १–१ तथा रियल बेटिस र रायो भालेकानोले २–२ को बराबरी खेले ।
– ujyaaloonline बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.