काठमाडौं, २३ माघ । नेपालमा विनाशकारी
भूकम्प गएको वर्षदिन पुग्न लाग्दा समेत अझै त्रास
कायमै छ ।
शुक्रबार राति मात्रै सिन्धुपाल्चोक केन्द्रविन्दु
भएर गएको ५.५ रेक्टर स्केलको भूकम्पले
सर्वसाधारणलाई थप त्रसित बनाएको छ । हिजो
रातिको भूकम्पपछि मानिसहरुमा फेरि पनि भूकम्प
आउने होकी भन्ने प्रश्न र शंका उब्जिएको छ ।
यस प्रश्नको जवाफमा ज्योतिषहरुले भने फरक
धारणा पेस गरेका छन् । चर्चित युवा ज्योतिष
सुनील सिटौलाले तत्कालै भूकम्पको योग नदिएको
बताए । उनले भने- तत्कालै भूकम्पको योग छैन्,
ठ्याक्कै एक महिनापछि सूर्य ग्रहण छ । यस्तोमा
पनि ठूला–ठूला भूकम्प आउने ज्योतिष शास्त्रमा
देखिएको छ । सबै भन्दा बढी त पूर्वी एसिया क्षेत्र
नै जोखिममा देखिन्छ ।
उनका अनुसार अब आउने भूकम्प पाँच रेक्टर भन्दा
माथिका हुनेछन् । ज्योतिषले भनेअनुसार पूर्वी
एसिया भूकम्पको उच्च जोखिममा रहेको देखिन्छ ।
जबकी नेपालको भूभाग दक्षिण एसियामा पर्छ ।
Dainiknepal.com

0 comments
प्रतिक्रिया दिनुहोस्...