-->
नुवाकोटमा माइक्रोबस दुर्घटना, नेपाली सेनाका ८ सैनिकको मृत्यु ६ जना घाइते, उपचारका लागि काठमाडौं पठाइयो

त्रिशूली(नुवाकोट),२३ माघ । काठमाडौँबाट
अपराह्न १ बजे पश्चिमतर्फ त्रिशूली बजार जाँदै
गरेको वा १ ज ७५८३ नंको माइक्रोबस मदानपुर
गाविस–८, केउरिनीमा खस्दा बसमा रहेका आठ
जना यात्रुको मृत्यु भएको छ ।
सडकबाट पाँच सय फिट तल खस्दा भएको सो
दुर्घटनामा छ जना घाइते भएको नुवाकोटका
प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले
जानकारी दिनुभयो । प्रहरीका अनुसार
घाइतेहरुलाई उपचारका लागि काठमाडौं
पठाइएको छ ।
मृत्यु हुनेमा धेरैजसो त्रिशूली सैनिक तालिम केन्द्र,
मैथलीमा तालिम लिइरहेका सैनिक जवान रहेको
प्रहरीले जनाएको छ । जसमध्ये नेपाली सेनाका ८
जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.