‘मुखमा प्लास्टिक हालेर खाना खानु र कण्डम लगाएर यौन सम्पर्क गर्नु उस्तै’
फागुन १७ गते
एजेन्सी । यौनसम्पर्क गर्दा कण्डम लगाउन पुरुषले नरुचाउने त सुनेकै कुरा हो ।
तर, भर्खरै गरिएको एक अध्ययनले पुरुषभन्दा बढी महिलाले कण्डम नरुचाउने तथ्य सार्वजनिक भएको छ ।
सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम लगाउँदा महिलाहरुमा यौन सम्पर्क गर्ने इच्छा घट्दै जाने देखिएको छ ।
साइकोलोजी टुडेले गरेको अध्ययनमा कण्डम देख्नेवित्तिकै सेक्स गर्न मन नपराउने महिलाहरु थुप्रै भेटिएका छन् । धेरैजसो महिलाहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको कारणले मात्र कण्डम लगाउने गरेको बताए ।
उनीहरुमध्ये अध्ययनमा संलग्न एक महिलाले मुखमा प्लास्टिक हालेर खाना खानु र कण्डम लगाएर यौन सम्पर्क गर्नु उस्तै भएको बताइन् । अध्ययनले महिलाहरु कण्डम भन्दा गर्भनिरोधक पिल्स वा अन्य साधन प्रयोग गर्न मन पराउने देखाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...