-->
५ वर्ष अघि अमेरिकाले मारेर समुन्द्रमा फालेको भनिएका ओसामा बिन लादेन अझै जिउँदै रहेको खुलासा


काठमाडौँ, २५ माघ - अमेरिकाद्धारा सन् २०११ मा पाकिस्तानमा मारिएको भनिएका चर्चित
आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेश अझै जिउँदै भएको खुलासा भएको छ।
आफ्ना आतंककारी गतिबिधिका कारण विश्वमा नै तहल्का मच्याउन सफल लादेनलाई अमेरिकाले हवाई
आक्रमण गरी मारेको र उनको शव समुन्द्रमा फ्याकिएको बताइएको थियो। उनको कतै शव फेला परेको
थिएन।
तर, अमेरिकाले लादेनको हत्या गरेको भनिएको ५ वर्षपछि उनी जिउँदै रहेको रहस्य अमेरिकाकै जासुसी
संस्थाका एक उच्च अधिकारीले दिएका हुन्। जासुसी संस्था सिआइएका पूर्वअधिकृत एडवर्ड स्नोडेनले लादेन
जिवितै रहेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘लादेन मारिएका छैनन्। उनी अझै अमेरिकाको सुरक्षामा
रहेका छन्। यसको सबै प्रमाण मसँग सुरक्षित छ।’
अमेरिकाले अर्बौँ खर्च गरेर मोस्ट वान्टेडको सूचीमा राखेको ब्यक्तिलाई मार्न नसक्ने बताउँदै उनले अमेरिकाले
पाकिस्तानसँग मिलेर लादेन मारिएको झुटो प्रचार गरेको बताए।
स्नोडन भन्छन्, ‘लादेनलाई पाकिस्तानको बहमास क्षेत्रमा अमेरिकाका सुरक्षाकर्मीको घेरामा
राखिएको छ। अमेरिकाले लादेनको खर्चका लागि मासिक १ लाख डलर पठाइदिने गरेको छ। उनी आफ्ना
पाँच श्रीमतीसँगै रहेका छन्।’
उनले हाल दाह्री नपालेको र सामान्य पोसाकमा हिँड्ने गरेका कारण कसैले नचिन्ने स्नोडनको दाबी छ।
एजेन्सीको सहयोगमा



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.