-->
धरानलाई हराउँदै रुपन्देही बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


धरान, फागुन १६ – रुपन्देही एघार धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा आयोजक धरान फुटबल क्लवलाई ४–१ ले हराउँदै रुपन्देही ११ सेमिफाइनलमा पुगेको हो ।
७४ मिनेटसम्म १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै पाहुना टोली रुपन्देहीले १६ मिनेटमा ४ गोल गर्यो । रुपन्देहीका लागि बिक्रम लामाले ७४ औं, गणेश खड्काले ७९ औं, विदेशी खेलाडी भिक्टरले ८२ औं र योगेश गुरुङले ९० औं मिनेटमा गोल गरेका थिए ।
आयोजक धरानका लागि २४ औं मिनेटमा रञ्जित धिमालले गोल गरे पनि त्यसलाई जोगाउन नसक्दा धरान पराजित भयो । सोमबारको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव र कास्की ११ बिच खेल हुने छ ।ujyaaloonline बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.