काठमाडौं, फागुन ४ । अमेरिकी राष्ट्रपति
बाराक ओबामाको एउटा तस्वीर यतिबेला
नेपालीमाझ भाइरल बन्दैछ । ‘नेपाल र
भारतबीच भएको साग फुटबलको फाइनल
म्याच हेरिरहेको’ भन्दै ओबामाको सो
तस्वीर केहीले सोशल नेटवर्किङ साइटमा
पोस्ट गरेपछि नेपाली माझ भाइरल बनेको
हो ।
ह्वाइट हाउसमा आफ्ना केही सहयोगीका
साथ तस्वीरमा देखिएका
ओबामाले टेलिभिजन हेरिरहेका पनि छन् ।
उनको अगाडी रहेको टेलिभिजनमा नेपाल र
भारतबीचको फुटबल म्याचको दृष्य पनि
देखिन्छ । धेरैको मनमा ओबामाले नेपाल र
भारतबीचको फुटबल म्याच हेरेकै हो भन्ने पर्न
पनि सक्छ । तर होइन, ओबामाको उक्त
तस्वीर धेरैपटक यसरी दुरुपयोग गरिएको छ । र,
यसपटक नेपालीले दुरुपयोग गरे ।
ओबामाको उक्त तस्वीर सन् २८ जनवरी २०११
मा लिइएको हो । ह्वाइट हाउसमा आफ्ना
सहयोगीका साथ बसेर उनले इजिप्टका
तत्कालिन नेता होस्ने मुबारकको भाषण
सुनिरहेको अवस्थामा सो तस्वीर लिइएको
हो ।
उक्त तस्वीरलाई भारतीयले पनि सन् २०१४ मा
दुरुपयोग गरेका थिए । खासगरी भारतीय
जनता पार्टीका केही नेताहरुले नै ट्वीटरमा
उक्त तस्वीर पोस्ट गर्दै ओबामाले ‘भारतीय
जनता पार्टीका नेता नरेन्द्र मोदीको
भाषण सुनेको’ भ्रम फिँजाए । वास्तवमा
ओबामाको सो तस्वीरमा उनले हेरिरहेको
टेलिभिजनको दृष्यमा नरेन्द्र मोदी
देखाइएको थियो ।
उक्त तस्वीरसहितको समाचार भारतीय
संचारमाध्यममा पनि आयो । एनडिटिभी,
इन्डिया टुडेजस्ता भारतीय संचारमाध्यमले
पनि वास्तविकता नबुझी ओबामाले
मोदीको भाषण सुनेको समाचार प्रशारण
तथा प्रकाशन गरे ।

0 comments
प्रतिक्रिया दिनुहोस्...