-->
नाङ्गो भिडियोले दिलायो ५५ मिलियन डलर ! पैसा पाउदा खुसीले रोइन्

एजेन्सी । नग्न भिडियो सार्वजनिक हुँदा एक महिलाले ५५ डलर क्षतिपूर्ति पाएकी छिन् ।
चर्चित टेलिभिजन प्रस्तोता इरिन एन्ड्रियूजलाई ५५ मिलियन अमेरिकी डलर क्षतिपुर्ति स्वरुप दिनका लागि सोमबार अदालतले निर्देशन दिएको हो । यसअघि होटलमा बसेका बेला एक व्यक्तिले लुकेर उनको नग्न भिडियो खिचेका थिए भने होटल मालिक र खिच्ने व्यक्तिले त्यसलाई सार्वजनिक गरेका थिए । त्यसपछि उनी न्यायका लागि अदालत गरेकी थिइन् ।
सोमबार दिनभर भएको सुनुवाईपछि अदालतले ५१ प्रतिशत पैसा भिडियो खिच्ने व्यक्तिले तथा बाँकी पैसा दुई होटलले मिलेर तिर्नुपर्ने फैसला सुनाएको छ ।
एन्ड्रियूज फक्स स्पोर्टस्की रिर्पोटर तथा टेलिभिजन शो ‘डान्सिङ विथ द स्टार्स’ की कार्यक्रम सञ्चालक हुन् । अदालतको फैसलापछि उनी खुसीले रोएकी थिइन् । उनले आफ्नो परिवार, वकिल र साथीसँग फैसलापछि भावुक हुदैँ अंकमाल गरिन् ।
एन्ड्रियूजले अदालतमा आफ्नो बयान दिदैँ आफ्नो अपमान भएको, लाजमर्दो अवस्था सिर्जना गरिएको र भिडियोका कारण डिप्रेसन समेत भएको बताएकी थिइन् ।
उनले संसारका दशौं लाखले यो भिडियो अनलाईनमार्फत हेरेको भन्दै क्षतिपुर्ति स्वरुप ७५ मिलियन डलर मागेकी थिइन् । उनका अभिभावकले पनि जुरीलाई यस भिडियोपछि आफ्नी छोरीलाई परेको पिडाका विषयमा सुनाएका थिए ।
यसअघि भिडियो कहाँ खिचियो र कसले खिच्यो भन्ने सम्बन्धमा कुनै जानकारी इरिनलाई थिएन । तर पछि एफबिआईले अनुसन्धानबाट माइकल डेभिड ब्यारेटले यो भिडियो नासभिल्ली र कोलम्बसमा खिचेको तथा यसलाई अनलाईनमा अपलोड गरिएको पत्ता लगाएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.