-->
मलेसियामा लुकेर बसेका कामदारलाई वैध हुन ३ महिनाको समय,वैध नहुनेलाई कोर्रा हानिने

काठमाडौँ, मलेसियाले लुकेर बसेका विदेशी कामदारलाई साढे ३ महिनाभित्र आफ्नो नाम दर्ता गर्न समय दिएको छ ।
सन् २०१६ भित्र विदेशी कामदारलाई दर्ता गर्न भनेको मलेसियाले निर्णयमा परिवर्तन गर्दै वैध हुनका लागि आगामी जुन महिनाभरको समय दिएको हो। मलेसियाको मन्त्रिपरिषदको बैठकले जुन महिनाभर पनि लुकेर बसेका विदेशी कामदारको विववरण रोजगार दाता कम्पनीले वैध हुनका लागि फारम नभरे कोर्रा हान्न सजाय गरिने निर्णय गरेको छ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले वैध हुन मलेसिया सरकारले दिएको समयसिमा भित्र दर्ता नगरे रोजगारदाता कम्पनीलाई पनि कोर्रा हानिने बताएका छन्। उनका अनुसार विदेशी कामदार लैजाने रोजगारदाता कम्पनी जरिवाना फारम नभरि जरिवाना तिर्ने मनसायमा छन्।
फेब्रुअरी दोस्रो सातादेखि मलेसियाले वैध हुन फारम खुल्ला गरेको छ । अहिलेसम्म १५ हजारभन्दा बढीले सो फारम भरेका छन् । नेपालको श्रम गन्तब्य मुलुक मलेसियामा कति नेपाली लुकेर बसेका छन भन्ने कुनै जानकारी छैन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.