-->
संविधान कार्यान्वयन हुन दिन्नौं: राजेन्द्र महतो


१५ चैत, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नगरेसम्म संविधान कार्यान्वय गर्न नदिने बताएका छन् ।
सोमबारबाट विराटनगरमा शुरु भएको सदभावना पार्टीको दुई दिने विस्तारित बैठकको उद्घाटन गर्दै महतोले मधेसका मुद्दा पाखा लगाएर संविधान कार्यन्वयन हुन नसक्ने बताए ।
संविधान संशोधन गरेर मधेसका मुद्दा समावेश गर्नका लागि चैत मसान्तसम्मको समय दिएको भन्दै उनले भने, ‘यदि चैतभित्र मधेसले उठाएको माग सम्वोधन हुँदैन भने बैशाखबाट नयाँ कार्ययोजनासहित आन्दोलन शुरु हुनेछ ।’
चैत १८ गतेदेखि बस्ने मधेसी मोर्चाको बैठकले आन्दोलनको स्वरुप निर्धारण गर्ने महतोले जानकारी दिए ।
भोलिसम्म चल्ने विस्तारित बैठकमा समासामयिक राजनितिक परिस्थिति, आन्दोलन तथा पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने सद्भावना पार्टीले जनाएको छ ।
अनलाइनखबरबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.