एजेन्सी: भारतका भरासिला स्टार ब्याट्सम्यान विराट कोहलीले आफ्नी प्रेमिका तथा बलिउड अभिनेत्री अनुष्का शर्माको मजाक उडाउनेलाई कडा जबाफ दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै विराटले बलिउड अभिनेत्री अनुष्का शर्माको मजाक बनाउनेमाथि कडा रिस पोखेका हुन् ।
कोहलीले आइतबार अस्ट्रेलियाविरुद्ध ८२ रनको शानदार पारी खेल्दै भारतलाई टी-२० विश्वकपको सेमिफाइनलमा पुर्याएका थिए । विराटको यस पारीपछि प्रशंसकले सामाजिक सञ्जालनमा उनकी प्रेमिका अनुष्का शर्मालाई हाँसिमजाकको विषय बनाउँदै ब्यंग्य गरेका थिए ।
केही समयअघिसम्म विराट कोहली र अनुष्का शर्माको ब्रेकअप भएको खबर आएको थियो, यही हल्लाबीच भारतीय क्रिकेट फ्यानले अनुष्कालाई हाँसीमजाकको पात्र बनाएका थिए ।
सामाजिक सञ्जालमा अनुष्काबारे कयौं जोकको बाढी नै आएको थियो। जसमा सामाजिक सञ्जालका सदस्यले अनुष्कालाई हाँसीमजाकको पात्र बनाएका थिए ।
अनुष्कालाई ब्यंग्य गरेको थाहा पाएका कोहलीले सोमबार दिउँसो दुई बजेर ४५ मिनेटमा ट्वीट गर्दै अनुष्कालाई मजाकको विषय बनाउनेहरु देखेर आफूलाई नै लाज लागेको प्रतिक्रिया दिएका छन् । 'अनुष्कालाई हाँसीमजाको विषय बनाउनेहरु देखेर मलाई नै लाज लागेको छ', उलने भनेका छन्, 'केही त दया गर ।उनले मलाई सधैं सकारात्मक सोच्न उत्प्रेरित गरिन् ।'
अनुष्कासँगको सम्बन्धपछि विराटको प्रदर्शन केही कम्जोर भएको भारतीय सञ्चारमाध्यम बताउँछन् । २०१५ को विश्व कपको सेमिफाइनलमा विराट अस्ट्रेलियाविरुद्ध १ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यो बेलाको फ्लप शोकी दोषीकारुपमा अनुष्कालाई ठहराइएको थियो ।
हालै दुबैबीचमा ब्रेक अपको खबर आएपछि विराट आफ्नो उत्कृष्ट फर्ममा रहेका छन् । उनले आइतबार अस्ट्रेलियाविरुद्ध टी-२० विश्वकप के सुपर-१० राउन्डको समूह-२ को 'गर या मर' म्याचमा ५१ बलमा ९ चौका र दुई छक्काको मद्दतमा ८२ रनको पारी खेल्दै भारतलाई जिताएका थिए । भारतले यो पटक अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पुरा गरेको हो ।
यो जितपछि कोहलीका प्रशंसकहरुले ट्वीटरमा अनुष्काको मजाक उडाएका थिए ।
Shame on people for trolling
@AnushkaSharma non-stop. Have some compassion. She has always only given me positivity
pic.twitter.com/OBIMA2EZKu
— Virat Kohli (@imVkohli) March 28, 2016
अन्नपूर्ण पोस्ट्बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...