राजधानीमा भिषण हावाहुरी, जनजीवन प्रभावित (हेर्नुस् तस्वीरहरु)
काठमाडौं, १५ चैत । राजधानीमा सोमबार अपराह्न भिषण हावाहरी आएको छ । अपराह्न ४ बजेपछि आएको हावाहुरीले जनजीवन प्रभावित भएको छ । सडकमा रहेका सर्वसाधारण आत्तिएका छन् भने सुरक्षित स्थानको खोजीमा दौडिरहेका छन् ।
घरभित्रका मानिस बाहिर निस्कन सकिरहेका छैनन् । कतिपय स्थानमा जस्ता पाता र टिनले छाएका घरका छाना उठाएको छ । विभिन्न कार्यालयका होर्डिङबोर्डसमेत हावाहुरीले उडाएको छ । यातायात सेवा प्रभावित भएको छ । शक्तिशाली हावाहुरीका कारण विमानस्थलको सेवासमेत प्रभावित भएको छ ।
हावाहुरीसँगै धूलो उडेकाले हिँडडुल गर्न समस्या भएको छ । पश्चिमी क्षेत्रबाट हावाहुरी आएको मौसमविदुहरुले बताएका छन् । हावाहुरीबाट भएको क्षतिको विवरण अहिलेसम्म आउन सकेको छैन ।
हेर्नुस् तस्वीरहरुः

0 comments
प्रतिक्रिया दिनुहोस्...