इबोला भाइरस संकटकाल समाप्त भएको घोषणा
चैत १७ – विश्व स्वास्थ्य संगठन डब्लुएचओले इबोला भाइरसको संक्रमणको संकटकाल समाप्त भएको घोषणा गरेको छ । पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएपछि २० महिनाअघि इबोलालाई विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरिएको थियो । तर इबोलाको संक्रमण फेरि हुन नदिन उच्च सतर्कता भने अपनाउनुपर्नेमा डब्लुएचओले जोड दिएको छ ।
इबोलाबाट अति प्रभावित गिनी, लाइबेरिया र सियरालियोनमा इबोला संक्रमणविरुद्ध लड्न सक्ने क्षमता अभिवृद्धि भैसकेको डब्लुएचओले जनाएको छ । ती देशमा अनुभवी स्वास्थ्य कर्मचारी तैयारी अवस्थामा राखिएको र यदि संक्रमण देखिहालेमा तत्काल आपतकालीन सेवा उपलब्ध गराउने डब्लुएचओले जनाएको छ । सन् २०१३ को अन्त्यतिर महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण ११ हजारभन्दा धेरेको ज्यान गएको छ ।
- Ujyaaloonline

0 comments
प्रतिक्रिया दिनुहोस्...