-->
काठमाडौंमा खतरनाक दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते


काठमाडौं, १७ चैत । बुधबार राजधानीमा भयानक दुर्घटना भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार एउटा मारुती भ्यानले दुई वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो ।
काठमाडौं महानगरपालिका–५ टंगालमा बा.६ च ६९५९ नम्बरको मारूती भ्यानले बा.७० प २४७ नम्बर र बा.६९ प ८२८ नम्बरका २ मोटरसाइकललाई बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका बा.७० प २४७ नम्बरको मोटरसाइकल चालक गल्फुटार बस्ने गुल्मी तम्घासका १७ वर्षीय दिपेन्द्र खड्काको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
बा.६९ प ८२८ नम्बरको मोटरसाइकल चालक काठमाडौं सुकेधारा बस्ने रूकुम खलङ्गा–८ का २० वर्षीय सविन बिष्टको सोही अस्पतालमा उपचार भइरहेको छ ।
३ वटै सवारी साधन र भ्यान चालक धादिङ्ग जिवनपुर–७ का २६ वर्षीय विदुर लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
- दैनिक नेपाल डट कम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.