प्रधानसेनापति क्षत्रीद्वारा चीनको हवाई सुरक्षा प्रतिष्ठान अवलोकन
काठमाडौँ, चीन भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज त्यहाँको हवाई सुरक्षा प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ ।
प्रधानसेनापति क्षत्री चिनियाँ जनमुक्ति सेनाका प्रधानसेनापति फाङ फेनघुईको औपचारिक निमन्त्रणमा चीनको साताव्यापी भ्रमणमा हुनुहुन्छ ।
प्रतिष्ठानको अवलोकनका क्रममा उहाँले त्यहाँका अधिकारीसँग अन्तरक्रियासमेत गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
- News24Nepal.com

0 comments
प्रतिक्रिया दिनुहोस्...