-->
मुस्लिम पुरुषले चार ओटी श्रीमती राख्न पाउछ भने ‘के मुस्लिम महिलाले पनि राख्नसक्छन् त चार श्रीमान ?’

एजेन्सीः भारतको केरला उच्च अदालतका एक न्यायाधीशले मुस्लिम महिलाले किन चार श्रीमान राख्न पाउँदैनन भन्ने प्रश्न उठाएका छन् ।
कोझिकोडमा महिला अधिकारका विषयमा छलफल गर्न आयोजना गरिएको एक सेमिनामा न्यायाधीश जस्टिस बी कमाल पाशाले मुसलमान पुरुषले चार श्रीमती राख्न पाउने भए महिलाले चाँही किन चार श्रीमान राख्न नपाउने भन्ने विषय सेमिनारमा उठाएका थिए ।
सेमिनारमा उनले मुस्लिमको ल बोर्डमा महिलासँग जोडिएका धेरै मुद्दामा भेदभाव भएको बताएका छन् ।
विशेषगरी दाइजो, सम्बन्ध विच्छेद तथा उत्तराधिकारीका विषयमा मुस्लिम महिला र पुरुषबीच धेरै भेदवाव भएको र कुरानमा भएको विरुद्ध रहेको उनले बताएका छन् ।
उनले भने –‘यो भेदभाव धार्मिक नेताहरुले ल्याएका हुन् । हामी यसलाई पछाडि छोडेर भाग्न सक्दैनौ ।’
जस्टिन पाशाले यस विषयमा धार्मिक नेताहरुले आत्ममन्थन गर्नुपर्ने भन्दै समस्या समाधानका लागि भूमिका खेल्नुपर्ने बताए । सर्वसाधारणले पनि आफूलाई नेतृत्व गर्ने मान्छेको योग्यताका बारेमा थाहा हुनुपर्ने उनलेबताए ।
संविधानमा महिला र पुरुषलाई बराबरी अधिकार दिएको उनले बताए । आज
अन्नपूर्ण पोस्ट मा खबर छापिएको छ |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.