-->
बाराक ओबामाका विश्वासपात्र भन्छन्- नेपाल र भारतलाई पनि अमेरिकाजस्तै बनाउन सकिन्छ


भारतीय मुलुका अमेरिकन नागरिक डा. फ्रयांक एफ स्लम अमेरिकी राष्ट्रपति वाराक ओवामाका विश्वास पात्र मानिन्छन्। फ्रयांक स्लम डेमोक्रयाट पार्टीका विशेष चन्दादातामात्र होइनन्, भारतको उत्तर प्रदेशको आजमगढबाट १५ वर्षको उमेरमा अमेरिका पुगेका स्लम ‘अमेरीकन ड्रिम’ बाँच्ने मुख्य पात्रका रूपमा चिनिन्छन्।
राष्ट्रपति बाराक ओबामाले जोन अफ केनेडी सेन्टर फर दी परफमिङ आर्टसको बोर्ड अफ ट्रष्टीमा नियुक्त गर्दा स्लमले राष्ट्रपति ओवामालाई एउटै बिषयलाई ‘रिमाइण्ड’ गराएका थिए –शिक्षा एउटै मात्र महत्वपूर्ण विषय हो, अमेरिकाले प्रेम गर्ने संसारका सबै मुलुकहरुको परिवर्तन शिक्षाले मात्र गर्न सक्छ।
सेतोपाटीका लागि ज्योति देवकोटा र डा. निर्मल पहाडीले गरेको बिशेष अन्तर्वार्ता
भारतको आजमगढवाट सुरू तपाईँको अमेरिकासम्मको यात्रालाई कसरी सम्झनु हुन्छ?
अहिले म अमेरिकन हुँ, तर, मेरो जन्मस्थान भारतको आजमगढमा हो। आजमगढले मेरो ईतिहास बोक्छ। मेरो कथा बोक्छ। म जन्मिएको माटो र म हुर्केको भूमि भारत हो। मेरो सपना भारतको आजमगढले नै बोक्छ। त्यसैले म सधैँ आजमगढप्रति नतमस्तक छु। म मात्र होइन, सबै मान्छे आफू जन्मेको भूमिप्रति ऋणी हुनुपर्छ।
आजमगढबाट मेरो यात्रा अहिलकती बढेर आलिगड मुश्लिम विश्वविद्यालयमा तिर मोडिदै थियो। त्यसपछि सोही विश्वविद्यालयमा अध्याापन गराउने प्रोफेसरसँग भेट भयो। त्यसपछिको यात्रा मेरो जिन्दगीको महत्वपूर्ण यात्रा थियो। आलिगड मुश्लिम विश्वविद्यालयम युर्निभसिटीमा कार्यरत प्रोफेसरले मेरो परिवारसँग आफ्नो सहायकका रूपमा मलाई अमेरिका लैजाने ‘अफर’ गरे। परिवारले सहमति जनाएपछि १५ वर्षको उमेरमा म भारतको आजमगढबाट एटलान्टिक ओसन काटेर अमेरिकाको क्लोराडो पुगेको हुँ। क्लोराडोस्थित उनै प्रोफेसरको घरमा बसेर मैले हाइस्कुल र कलेज सम्पन्न गरे।
तपाईँ ‘अमेरिकन ड्रीम’ बाँच्ने पात्रका रूपमा चिनिनु हन्छ, अमेरिकन ड्रिम भनेको के हो?
प्रत्येक अमेरिकन नागरिकका लागि समान अवसर, स्वतन्त्रता, मौलिक अधिकार, र आफ्नो आर्थिक सद्धृदिका लागि पाउनुपर्ने विशेष अवसरहरू अमेरिकन ड्रिम हुन्। म संसारको जुनसुकै कुनामा जन्मेपनि अमेरिकन नागरिक बनेपछि मैले सम्पूर्ण अधिकार पाउनुपर्छ। राज्यले यसको भरथेक गर्नुपर्छ। अमेरिकन सरकारले गर्दै आएको छ। क्षमता भएका ब्यक्तिका लागि छाला, जन्मस्थान, जातले कुनै माने राख्दैन यही अमेरिकन ड्रिम हो। भारतको आजमगढमा मैले देखेका सपनाहरु अमेरीकमा पुगेर सफल बनाए। यहि अमेरीकन ड्रिम हो।
अमेरिकन राष्ट्रपति बाराक ओवामासँग तपाईँको विशेष सम्वन्ध छ, यो सम्बन्धले तपाईँको जन्मभूमि भारत र यसको छिमेकी मुलुक नेपाललाई कसरी जोड्छ?
म प्रजातान्त्रिक विचार राख्ने मान्छे हुँ। राष्ट्रपति बाराम ओबामासँग मात्र होइन, डेमोक्रयाट्मा विश्वास राख्ने सबैसँग मेरो राम्रो सम्वन्ध छ। पक्कै, यो सम्बन्ध म जन्मेको देशसम्म पनि विस्तारीत छ।
नेपालको सिमाना भारतको बिहारसँग जोडिन्छ। नेपालको सीमानाभन्दा करिव २ सय ८० किलोमिटरको दूरीमा रहेको आजमगढमा जन्मेको हुँ म, त्यसैले स्वाभाविक छ मेरो प्रेम र लगाव नेपालसँग पनि छ। नेपाल प्रजातान्त्रिक मुलुक हो, भारतसँग नेपालको संस्कार, संस्कृति विचार र भाषा मिल्छ। त्यसैले यी दुई मुलुकको सम्बन्ध आफ्नो स्थानमा विशेष छ। संसारको सबैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक भएका कारण अमेरिकाले जसरी एक ठूलो प्रजातान्त्रिक मुलुकका रूपमा भारतलाई ‘ट्रीट’ गर्छ त्यसैगरी सानो, सुन्दर, विकासोन्मुख र एक स्वतन्त्र मुलुकका नेपालप्रतिको अमेरिकन नीति हुनुपर्छ।
नेपाल र भारतको सम्बन्धलाई कसरी हेर्नुहुन्छ?
नेपालसँग भारतको सम्वन्ध नङ र मासुको हो। यी दुई मुलुकको सम्बन्ध ऐतिहासिक छ। भाषा, धर्म, संस्कार, संस्कृतिले यी दुई मुलुकको सम्बन्धलाई अझ बलियो बनाएको छ। यी दुई मुलुकको एतिहासिक सम्वन्ध बुझ्न इतिहासका धेरै पानाहरू पल्टाउनु पर्छ।
भारत र नेपाल एकअर्काका परिपुरक मुलुक हुन्। दुई मुलुकबीचका आफ्नै मूल्य मान्यता र क्षमता छन् जसले नेपाल र भातरबीचको सम्वन्धलाई बलियो र प्रगाढ बनाएका छन्। साना-साना असमझदारीले यी दुई मुलुकबीचको सम्वन्धलाई कुनै असर पार्दैन। र, पार्नु पनि हुँदैन।
भारतमा शिक्षाको लागि तपाईँले सहयोग गर्नुभएको छ, नेपालको लागि पनि केहि गर्ने विचारमा हुनुहुन्छ कि?
दुई दिन अगाडि मात्र मैले नेपाली राजदूतलाई भेटेको थिए। (युसएस इण्डिया एजुकेशनल फाउण्डेसन) का लागि नेपालका लागि पूर्वअमेरिकन राजदूत जुलिया चाङले अध्यक्षता गरेको कार्यक्रममा पनि भनेको थिए-नेपालका लागि पनि बिशेष गरी विद्यालय निमार्ण गर्ने जस्ता काममा इच्छा छ।
नेपालको नयाँ पुस्ता सक्रिय स्मार्ट छ। उनीहरू अगाडि बढुन् भन्ने मेरो इच्छा हो। तर, कसरी नेपालमा पुग्ने भन्ने बाटो थाहा छैन। विशेष गरी शिक्षाको क्षेत्रमा सहयोग गर्ने अवसर आयो भने पक्कै नेपालमा पनि सहयोग गर्न तयार छु। नेपालमा पनि सहयोग गर्न मन छ।
दक्षिण एसियाका साना मुलुकमा भारतको भूमिका सधैँ विवादास्पद हुने गर्छ, भारतको कस्तो भूमिका हुनुपर्छ जस्तो लाग्छ?
भारत सबैभन्दा ठूलो प्रजातान्त्रीक मुलुक हो। भने अमेरिका सबैभन्दा पुरानो प्रजातात्रिक मुलुक हो। यी दुवै मुलुकका समान स्वार्थ र इच्छाहरू छन्। र, पनि छिमेकी मुलुकहरूको अस्तित्वलाई सम्मानजनक स्थानमा राख्न सक्नु पर्छ। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा मैले यीनै कुराहरु राखेको थिए। प्रधानमन्त्री मोदी स्मार्ट, करिस्म्याटीक र एक सवल नेता हुन्। मलाई लाग्छ भारतले पनि दक्षिण एसियामा रहेका साना मुलुकहरूको महत्व र अस्तित्वलाई राम्ररी बुझेको छ।
ठूलो प्रजातान्त्रीक मुलुक भएको नाताले र आगामी कार्यकालमा सुरक्षा परिषदमा आउन सक्ने सम्भावना बोकेको मुलुकका नाताले पनि छिमेकी मुलुकमा भारत भाईचाारा र विवादास्पदरहित भूमिकामा रहनुपर्छ।
-Setopati


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.