चैत्र १७
काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानबारे नेपालमा दुईखाले अतिवाद देखिएको बताएका छन्। उनले संविधानलाई पूर्ण संविधानका रुपमा लिने र संविधानमा केही भएन भन्ने दुई अतिवाद नेपालमा देखा परेको बताए।
काठमाडौंको कीर्तिपुरमा बुधबार मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय भेलाको बन्दसत्रलाई सम्बोधन गर्दै प्रचण्डले भने - ‘यो संविधान सम्पूर्ण हो या केही होइन भन्ने अति दक्षिण र संकीर्ण सोच हुन्।’
संविधानमा प्राप्त उपलब्धीको रक्षा र प्रयोग गर्दै संस्थागत गर्ने र बाँकी अधिकार संघर्षबाट प्राप्त गर्ने उनले बताए।
आदर्शको कुरा गर्दा नीति छोड्ने र नीतिको कुरा गर्दा आदर्श छोड्ने कमजोरीबाट माओवादीहरु बच्नुपर्ने उनको भनाई थियो। जातीय आन्दोलनलाई वर्गीय उत्पीडनबाट अलग गरेर हुने आन्दोलन साम्प्रदायिक दंगामा बदलिने उनले बताए।
माओवादीको नेतृत्वमा सञ्चालन हुने वर्ग संघर्षबाट मात्र सम्पूर्ण जातीय उत्पीडनको अन्त्य हुने उनको दाबी थियो। मंगलबारबाट सुरु भएको भेलामा देशभरका मगर नेता कार्यकर्ताको सहभागिता थियो।
- पहिलोपोस्ट

0 comments
प्रतिक्रिया दिनुहोस्...