-->
पोखरामा कम्मर भन्दा माथिको भाग नभएको बच्चाको शव भेटियो


चैत १६
पोखरा– पोखरामा एक बच्चाको शब विभत्स अवस्थामा फेला परेको छ । बुद्धचोकमा बच्चाको कम्मरभन्दा मुनिको भाग सडकमा अलपत्र अवस्थामा भेटिएको हो ।
मंगलबार कुकुरले मुखमा च्यापेर घिसार्दै गरेको अवस्थामा सो शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको खबर पाएलगत्तै त्यहाँ प्रहरी पुगेपनि मृतकको सनाखत भने गर्न सकेको छैन ।
प्रहरीले बच्चाको लिङ्ग नछुट्टएिकाले पोष्टमार्टम पछि डिएनए परिक्षण गरिने जनाएको छ । अहिले शबलाई स्थानीय अस्पतालमा राखिएको जनाइएको छ ।
स्थानीयले हत्याको आशंका गरेपनि प्रहरीले हत्या हो या होइन भन्नेबारे अहिले नै केहि भन्न नसकिने भन्दै घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।
कालगतिले मृत बच्चाको शब गाडिएको ठाउँबाट जनावरहरुले ल्याएको हुन सक्ने पनि प्रहरी अनुमान छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.