-->
अमिताभ बच्चनको घर पुगे क्रिस गेल

चैत्र १६, २०७२- वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेल बलिउड सुपरस्टार अमिताभ बच्चनका फ्यान हुन् । भारतमा जारी टिट्वान्टी वर्ल्डकपमा व्यस्त गेलले सोमबार बच्चनलाई उनकै घर पुगी भेटेका छन् । बिहीबार भारत र वेस्टइन्डिजबीच सेमिफाइनल खेल हुँदैछ ।
गेलसँगको तस्बिर फेसबुकमा राख्दै बच्चनले गेल आफ्नो प्रशंसक रहेको थाहा नभएको भन्दै उनलाई शुभकामना व्यक्त गरेका छन् । गेलले पनि आफ्नो इन्स्टाग्राम एकाउन्टमा बच्चनसँगको तस्बिर राखेका छन् ।
‘बच्चनले मलाई सतक र भारतलाई जीतको शुभकामना दिए तर म चाहन्छु मेरो सतक नबने पनि नबनोस् तर वेस्ट इन्डिजले जितोस्,’ गेलले इन्स्टाग्राममा लेखेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.