यस कारण चीनबाट ल्याइने ग्यास भारतको भन्दा सस्तो
काठमाडौं, २८ फागुन । भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ ।
आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।
चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ । साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन (५८ रुपैयाँ)मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो ।
प्रतिसिलिन्डर अर्थात १४ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...