एउटा कन्डम पौने लाखमा बिक्रि भयो भन्दा बिश्वास नलाग्न सक्छ तर नेदरद्ययाण्डका एक ब्यक्तिले ७५ हजारमा एउटा कन्डम किनेका छन् । त्यो पनि अनलाइन बजारबाट । तर उनले किनेको उक्त कण्डम तपाई हामीले प्रयोग गर्ने जस्तो सामान्य प्लाष्टिकको भने होेइन । पौने लाख मूल्य परेको त्यो कण्डम बिशेष खालको छ । उक्त कण्डम २ सय वर्ष पूरानो हो ।
२ सय वर्ष अघि भेडाको आन्द्राबाट बनेको कण्डमको ७५ हजार हालेर बिक्री भएको हो ।
१८ औँ, १९ औँ सताब्दीतिर भेँडाको आन्द्राबाट बनाइएको यो कण्डम त्यो समय चल्तिमा रहेको मिरर।को।युकेमा उल्लेख गरिएको छ । त्यसताका समयमा सुँगुर, गाई तथा बाख्राको आन्द्राबाट पनि कण्डम बनाउने गरिएको उक्त पत्रिकामा उल्लेख छ ।
लिलामी भएको भेडाको आन्द्राबाट बनेको सो कण्डमको लम्बाइ १९ सेन्टिमिटर रहेको छ । फ्रान्समा फेला परेको यो कण्डम अनलाइन मार्फत लिलामीमा बिक्रि गरिएको हो । दुई सय वर्षअघि प्लास्टिकका कण्डम निर्माण हुनुअघि सम्म यस्ता जनावरका आन्द्राबाट कण्डम बनाउने चलन थियो । यस्ता कण्डम निकै महंगा हुने भएकाले केवल धनी मानिसहरुले मात्र प्रयोग गर्थे ।
क्याटविकी नामक साइट मार्फत धेरैले यो कण्डम खरीद गर्ने रुची देखाएका थिए । त्यसैले पनि यो कण्डमको मूल्य अनुमान गरिएभन्दा झण्डै दोब्बर बढि परेको जनाईएको छ । नेदरल्याण्डको एम्स्टर्डमका एक व्यक्तिले यो कण्डम खरीद गरेका हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...