चीनले प्रधानमन्त्री ओलीलाई विमान पठाइदिने....
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएको छ ।
चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् कत्रो विमान पठाउँ ? प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको ५ दिने औपचारिक भ्रमण गर्दैछन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...