सूर्यको प्रकाश र तापले पृथ्वीमा जीवन सम्भव बनाएको छ। सूर्यबाट आउने यहि उर्जा यूएफओ (UFO) ले नियन्त्रण गर्ने गरेको अनुसन्धानकर्ताले विश्वास गरेका छन्।
अनुसन्धानकर्ताहरुको दाबी छ कि सूर्यको वरिपरि थुप्रै उडनतस्तरि देखिएको छ। यहि हप्ता सोलार हेलिस्फोरिक अबजर्भेटरीले (Solar Heliospheric Obseratory) पठाएको तस्बिरमा ति यूएफओ देखिएको दाबी गरिएको हो।
सोलार हेलिओस्फेरिक अब्जर्भेटरी सन् १९९५ डिसेम्बर २ मा सूर्यको अध्ययन गर्न अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। नाशा र युरोपियन अन्तरिक्ष एजेन्सीको संयुक्त प्रयासमा प्रक्षेपण गरिएको यो भु-उपग्रहले २० वर्ष देखि सूर्यको अध्ययन गर्दै आएको छ भने अहिलेसम्म ३००० भन्दा बढी उल्का पत्ता लगाएको छ।
क्यापसनमा ‘जनताले नाशाले लुकाएको सत्य थाहा पाउनु पर्छ’ भन्दै युट्युबमा एउटा भिडियो समेत अपलोड गरिएको छ।
६-७ वर्ष पहिले पनि रुस वैज्ञानिकहरुले सूर्यको वरिपरि थुप्रै यूएफओ दैनिक उहि समयमा देखिने गरेको बताएका थिए।
ती यूएफओले आफ्नो गति बिनाकारण घटाउने बढाउने, गति नघटाइ ९० डिग्रीमा मोडिने गरेको समेत सो बखत बताइएको थियो।
पृथ्वीमा तापक्रम नियन्त्रित गर्न वा निकै शक्तिशाली उपकरणको लागि उर्जा सञ्चय गर्न ती यूएफओले सूर्यलाई नियन्त्रण गरेको हुनसक्ने अनुमान समेत लगाइएको छ।
एलियन र यूएफओ अहिलेसम्म रहस्य कै विषय रहेको छ। नासाले आधिकारिक रुपमा एलियन र यूएफओको अस्तित्वको बारेमा अहिलेसम्म बताएको छैन। पृथ्वीमा विमान, बादल, चरा, ठुला बेलुनलाई नै यूएफओ देखियो भनि विश्वभर नै चर्चा हुने गर्छ। दृष्टीभ्रम र वातावरणीय अवस्थाको कारण यहाँ केही अनौठा वस्तु उडेको देख्नासाथ एलियन अनि यूएफओको चर्चा गरिन्छ। तर सूर्यको नजिककै अधिक तापक्रम भएको ठाउँमा समेत उडिरहेका वस्तु देखिनु र ती वस्तुका व्यवहार भने आफैमा रहस्यमय छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...