उपप्रधानमन्त्री मैनालीले प्रम ओलीसँग छलफल गर्ने
विराटनगर, १३ चैत । नेपालमा अस्थिरता मच्चाउन भुमिका खेल्दै आएका नेपालका लागि भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन तयारी थालिएको छ ।
उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली राजदूत रेलाई फिर्ता पठाउन तयारी थालेका छन् ।
शनिबार विराटनगर पुगेका मन्त्री मैनालीले कुटनीतिक मर्यादा विपरित मुलुकमा अस्थिरता फैलाउने कार्य गरिरहेका भारतीय राजदूत रेलाई सुध्रिन आग्र गरे । उनले भने– ‘भारतीय राजदूतको नियत बुझ्नुपर्ने बेला भइसकेको छ । कुटनीतिक मर्यादा ननाघ्न सुझाव दिन्छु । अन्यथा स्वीकार हुनेछैन् ।’
राजदूत रेले मर्यादा नाघेर नेपालमा राजनीतिक चलखेल गरिरहेको भन्दै मन्त्री मैनालीले दूतावासमा मधेसवादी दलका नेताहरुलाई बोलाएर आन्दोलनको तयारीबारे विचार विमर्श गर्नु कुटनीतिक मर्यादा विपरित भएकाले बताए ।
यस विषयमा प्रधानमन्त्री स्वदेश फर्किएपछि छलफल हुने उनले बताए । ‘प्रमकै चीन भ्रमणमा बेला खुलेयाम मधेसवादी दलका नेता बोलाएर आन्दोलन गर, सहयोग गर्छु भन्ने अधिकार भारतीय राजदूतलाई कसले दियो ? यसविषयमा गहन छलफल हुन्छ’ उनले भने ।
भारतीय राजदूत रेले बुधबार मधेसवादी दलका नेता बोलाएर आन्दोलनमा भारतको साथ, सहयोग, समर्थन र शुभेच्छा रहने बताएका थिए ।
मधेसी नेतालाई आन्दोलन गर भनेपछि आम नेपाली जनताले सामाजिक सञ्जालमा भारतीय राजदूतलाई देश निकाला गर्न माग गरिरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...