-->
किन छोड्दै छन् सेना प्रहरीले जागिर ?


काठमाडौं । नेपालका सुरक्षाकर्मीले युद्ध लड्नु पर्दैन। माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिने गरी खतरा छैन। यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको आकर्षक गन्तव्य बन्नु पर्ने हो। तर सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई बेवास्ता गर्दै जागिर छोड्ने क्रम जारी छ। नागरिक दैनिकमा समाचार छ।
सशस्त्र प्रहरीको जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए। थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाक्थ्यो। जीवनभर पेन्सन खान पाउँथे।‘परिवारसँग्को विछोड, कडा अनुशासनसहित २४ सै घन्टा सतर्क रहनुपर्ने र त्यसबापत १५ हजार रुपैयाँ पाइन्थ्यो। धेरै कुरा त राम्रा लाग्छन्। तर परिवार चलाउन गाह्रो भयो, उनले राजीनामा दिनुको कारण खुलाए।’
नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार गर्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए। अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन्।
राज्यले लगानी गरेर दिएको त्यही सीपको प्रमाणपत्रसहित वैदेशिक रोजगारीमा जाने तयारीमा दीपक जस्ता अरु धेरै युवा छन्। सुरक्षा निकायको रोजगारीमा यसरी बीचमै छाडेर बिदेश जाने तयारी गर्ने दीपक प्रतिनिधि पात्रमात्रै हुन्।
नेपालको सुरक्षा अंगमा आठ वर्ष विताएका दीपकले तालिम, अनुभवका आधारमा खाडी र अन्य मुलुकमा सुरक्षा गार्डको काम सजिलै पाउँछन्। सीप र अनुभवका आधारमा उनले जुनसुकै मुलुक गएपनि ५० हजार नेपाली रुपैयाँ भन्दा बढी तलब पाउन सक्छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.