मधेसका माग पुरा नभए देश डुब्ने बाबुरामको संकेत, वीरगञ्ज पुगेर के-के भने ?
सीमांकन गर्दा तराईमा दुई प्रदेश हुनुपर्ने माग
पर्सा, १३ चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटामा लैजान नसके प्रतिगमनको खतरा रहेको बताउनुभएको छ ।
वीरगन्जमा आज नयाँ शक्तिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकमा बेरोजगारी, गरिबी र असमानता रहे लोकतन्त्र, गणतन्त्र कमजोर हुँदै निरङ्कुशता फर्किने खतरा छ ।”
संयोजक डा भट्टराईले अबको कार्यभार विकास तथा समृद्धि भएकाले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा उहाँले विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनका आधारमा तराईमा दुई प्रदेश हुनुपर्ने बताउनुभयो । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...