-->
अन्ततः प्रधानमन्त्री ओलीको चीन भ्रमणमा दुई ठूला सम्झौता हुने निश्चित

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ ।
यहाँ आज कञ्जुमर आई नेपालले आयोजना गरेको ‘वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफलमा आपूर्तिमन्त्री गणेशमान पुनले सम्झौतापछि इन्धनको समस्या समाधान गर्न मद्दत मिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– प्रधानमन्त्रीको भ्रमणका बेला चीनसँग दुई ठूला सम्झौता हुने निश्चित भइसक्यो । त्यो भनेको इन्धन र पारवाहन हो । सम्झौता पछि नेपाल आत्मनिर्भर बन्ने बाटोमा लम्किनेछ ।
मन्त्री पुनले बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि सरकारले उपभोक्ताहित महाशाखा गठन गर्न लागेको जानकारी दिँदै भन्नुभयो, “कालोबजारी, खाद्य सुरक्षा, मूल्य नियन्त्रण लगायत विषयमा अनुगमन तथा कारबाही गर्नका लागि महाशाखा आवश्यक भएकाले गठन गर्ने प्रक्रियामा छौँ ।”
बजारमा भएको अनियन्त्रित मूल्य वृद्धि, कमसल वस्तुको बिक्री वितरणबारे उपभोक्ता जागरण अभियान आवश्यक भएको र वर्षभरि नै अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.