ख्वाहीस परिहार लिङ्ग परिवर्तन गरी, केटी बन्न चाहन्थिन् । तर, उनलाई यस कुरामा न घरपरिवारबाट सहयोग मिल्यो न समाजबाट । परिहार, परिवारमा कान्छो छोराको रुपमा उनको जन्म भएको थियो । राजस्थानका उनी जन्मदा केटा भएपनि हर्मोनका कारण केटीका गुणहरु बढी थिए । सानैदेखी उनलाई सँधै केटीको जस्तो ड्रेस लगाउन मन पथ्यो । अन्य केटीहरुले जस्तै डललाई छोराछोरी बनाएर खेल्ने , भान्छामा काम गर्ने बानी थियो उनको । तर उनका घरपरिवारले उनले केटाकै लुगा लगाईदिए हुन्थ्यो , सँधै छोरा बनेर बसे हुन्थ्यो भन्ने सोच राख्थे ।
तर उनलाई एयर होस्टेस बन्नु थियो । यहि कारण उनले १० कक्षासम्म अध्ययन गरे पछि जयपुर गएर एक ब्युटी पार्लरमा काम गर्न थाले । आफैले केहि पैसा जम्मा गरेर आफ्नो एयर होस्टेस बन्ने सपना बोकेका सत्यजीत मुम्बई पुगे । मुम्बईमा काम गर्दा उनलाई थाहा भयो दिल्लीको अस्पतालमा उनको उपचार हुन्छ । केहि दिन डक्टरसँग सल्लाह लिएपछि उनले पाँच लाख खर्च गरेर लिङ्ग परिवर्तन गरे । त्यसपछि उनी बने सत्यजीतबाट ख्वाहिस ।
ख्वाहिस टेलिसिरियलहरुमा काम गर्छिन् । उनले डी डी नेशनल र सोनी पलका सिरियलमा काम गरेकी छिन् । उनले एक साउथ ईन्डीयन फिल्ममा पनि काम गरिसकेकी छिन् । केहि समयदेखि उनी एयरहोस्टेसको ट्रेनिङ लिईरहेकी छिन् । भविष्यमा एयर होस्टेसका साथै एक सफल अभिनेत्री पनि बन्न चाहन्छिन्, ख्वाहिस

0 comments
प्रतिक्रिया दिनुहोस्...