-->
प्रधानमन्त्रीले चीनसँग गरेकोे सम्झौताको मसी सुक्न नपाउँदै आयो यस्तो प्रतिक्रिया


शनिबार, १३ चैत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल विकासका लागि दिर्घकालिन विकासकालागि निकै महत्वपुर्ण सम्झौता भएको छ । उक्त सम्झौताका बारेमा अधिकांश नेपालीहरुले स्वागत गरिरहेका छन् भने केही विरोधका आवाज पनि नआएका होइनन् । यस बीच नेपाल चीन बीचमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको भन्दै चीन अध्ययन केन्द्रले स्वागत गरेको छ ।
केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले विज्ञप्ती जारी गर्दै नेपालको दीर्घकालीन विकासका लागि महत्वपूर्ण १० वटा सम्झौतामा हस्ताक्षर भएको बताएका छन् ।
उनले पूर्वाधार र अन्तर हिमाली यातायात सञ्जाल अभिवृद्धि गर्ने दृष्टिले अति गहकिलो र रणनीतिक महत्वका परियोजनामा पारस्परिक सहयोग तथा सहकार्य हुनु स्वागतयोग्य रहेको उल्लेख गरेका छन् ।
पारवहन, अन्तर्राष्ट्रिय व्यापार, रेलमार्ग, हवाई यातायात, सडक र पुलको निर्माण, स्वतन्त्र व्यापार र बैंकिङ, आधारभूत संरचनाको विकास, ऊर्जा, पर्यटन, शिक्षा, संस्कृति एवम् बौद्धिक सम्पत्तिसम्बन्धी आपसी हित र चासोका क्षेत्रहरु भ्रमणका क्रममा सहमति भएकामा केन्द्रले खुसी व्यक्त गरेको छ ।
नेपालले एक चीन नीतिप्रति दृढ समर्थन जनाएको र दुई मुलुकको मैत्री सम्बन्धलाई नयाँ उचाइमा उठाउन प्रधानमन्त्रीको भ्रमणले मार्गप्रशस्त गरेकामा केन्द्रले प्रशंसा गरेको विज्ञप्तिमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.