‘रामप्यारी’को चक्करमा टेप्पोचालक बनिन् रेखा (हेर्नुस् एक्शन ट्रेलर)
काठमाडौं । नायिका रेखा थापा यतिबेला आफ्नो आगामी चलचित्र रामप्यारीको प्रचारप्रसारमा व्यस्त छिन् ।
चलचित्रको देशव्यापी रिलिज हुने दिन चैत २६ गते आउन करीव १ महिनामात्र बाँकी रहँदा रेखाले रामप्यारीको अफिसियल ट्रेलर सोमवार सार्वजनिक गरेकी छन् ।
टेम्पोचालक महिलाको संघर्षगाथाको रुपमा रहेको रामप्यारी रेखा फिल्मस्को ब्यानरमा निर्मित भएको हो ।
रामप्यारीमा नायिका रेखा आफै शीर्ष भूमिकामा छाएकी छन् भने निर्देशन सविर श्रेष्ठको छ ।
यसका निर्माता सरस्वती थापा हुन् । यही चलचित्रबाट रेखाले आफ्नै दिदीका छोरा आभास अधिकारीले डेब्यू गराएकी छन् ।
चलचित्रमा सविन श्रेष्ठ र आश्मा डीसीको पनि अभिनय रहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...