अञ्जु गौतम, गायिका
विवाह एक दिन सबैले गर्नुपर्छ तर गाउँघरमा अझै पनि छोरी मान्छेको विवाह आमाबाबुले करकापमा गरिदिने चलन हराएको छैन। विवाह मन परेको मान्छेसँग हुनुपर्छ । करकापमा भएको विवाहको कुनै अर्थ हुँदैन। एसएलसी पास गर्नेबित्तिकै घरमा मेरो विवाहको कुरा चल्यो।
आमाबुवाले विवाह गर्नुपर्छ भनेर कर गर्न थालेपछि मैले आफू प्रेमसम्बन्धमा रहेको कुरा भन्न बाध्य भएँ। २०६० सालमा वसन्तपुरका फुटबल खेलाडी धर्मराज खड्कासँग आफ्नो प्रेमसम्बन्ध रहेको कुरा आमाबुवालाई सुनाएँ।
तर बुवाले आफूलाई मन परेको केटासँग विवाह गर्न नदिने भनेपछि भागेर विवाह गर्ने निधो गरेँ। २०५६ सालदेखि धर्मराज उदीयमान फुटबल खेलाडी मानिनुहुन्थ्यो। ममात्रै होइन, गाउँका केटीहरू उहाँको खेलप्रति आकर्षित भएर हुटिङ गर्थे।
हाम्रो भेटचाहिँ अनौठो संयोगले भएको थियो। म तेह्रथुमको पुलेक गाविसस्थित डिल्लीरमण गौतमकी जेठी छोरी। बुवा शिक्षक भएकाले फुटबल टोली हाम्रो घरमा बास बस्न आएको थियो। घरमा आएका खेलाडीलाई आफैंले खाना पकाएर खुवाउनुपर्ने भएकाले पहिलोपटक धर्मराजसँग बोलचाल भयो।
फुटबल प्रतियोगिता जितेर घर फर्किएपछि उहाँले मेरा नाममा चिठी पठाउन थाल्नुभयो। चिठीमा 'आई लभ यु अञ्जु । म तिमीलाई मन पराउँछु...' भनेर प्रेम प्रस्ताव पठाउनुभएको रहेछ। मैले दुईपटकसम्म चिठीको उत्तर दिइनँ । तेस्रोपटक पनि आफूलाई मन पराउने भनेर चिठी आएपछि मैले पनि प्रेमपत्र पठाएँ।
चिठी आदानप्रदानपछि वसन्तपुरमा भेट्ने निधो भयो । उहाँलाई भेट्न तेह्रथुम पुलेकबाट तीन घन्टा हिँडेर म वसन्तपुर आएँ। भेटपछि माया झनै गाढा हुँदै गयो।
बुवाले अर्कै केटासँग विवाह गरिदिने कुरा गरेपछि प्रेमी धर्मराज खड्का र म वसन्तपुरमा भेटी भागेर विवाह गर्ने सल्लाह गर्यौं। त्यसपछि मनभरि डर बोकेर भाग्यौं। १० दिनसम्म इटहरीस्थित उहाँकी दिदीको घरमा बस्यौ। हामीले हनिमुन त्यहीँ मनायौं। पहिलो हनिमुनको १० महिनापछि छोरी ज्योतिको जन्म भयो । हामीले हनिमुनको मौका खेर जान दिएनौं।
यो क्रम चलिरहेका बेला २०६० साल मंसिरमा बुवाले अर्कै केटासँग विवाह गर्ने कुरा गर्नुभयो। त्यसपछि धर्मराजसँग वसन्तपुरमा भेटी भागेर विवाह गर्ने सल्लाह गर्यौं। त्यसपछि मनभरि डर बोकेर वसन्तपुरबाट झोला बोकेर भाग्यौं।
उमेरले परिपक्व नभएका हामी दुवैको मनमा कहाँ जाने होला भन्ने चिन्ता थियो। इटहरी बसपार्क उत्रिएपछि उहाँकी दिदीको घर इटहरी गयौं। १० दिनसम्म दिदीकै घरमा बस्यौं। हामीले हनिमुन त्यही मनायौं।
शारीरिक सम्बन्धको मिठासले हामीलाई अझ नजिक र एकअर्काप्रति प्रतिबद्ध भएको आभास भयो। हामी भागेको कुरा सासूआमाले थाहा पाएर १० दिनपछि इटहरी आई राधाकृष्ण मन्दिरमा विवाह गररेर घर लैजानुभयो।
घर भित्रिएपछि बुहारीका दुःखका दिन सुरु भयो । पहिलो हनिमुनको १० महिनापछि छोरी ज्योतिको जन्म भयो। हामीले हनिमुनको मौकालाई खेर जान दिएनौं । छोरी अहिले १२ वर्षकी भइन्।
सुरुमा भागेर विवाह गरेकाले मनभरि डर थियो। त्यसैले हनिमुनको खास अनुभव गर्न पाइएन। छोरी हुर्किएपछि पोखरा, काठमाडौं, मनकामना गएर आनन्दपूर्वक हनिमुन मनायौं। विवाहपश्चात् श्रीमान्को सहयोगका कारण गायनमा लाग्ने अवसर पाएँ। अहिलेसम्म २६ वटा गीत रेकर्ड गराएकी छु।

0 comments
प्रतिक्रिया दिनुहोस्...