प्रतिबन्ध लगाउने निर्णयप्रति उत्तर कोरियाको गतिलो जवाफ
दक्षिण कोरिया, २० फागुन । संयुक्त राष्ट्र संघले आफूमाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेलगत्तै उत्तर कोरियाले ६ वटा मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले आज बिहान छोटो दुरीमा मार हान्न सक्ने ६ वटा मिसाइलको परीक्षण गरेको हो । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
उत्तरले त्यसको जवाफ तत्काल मिसाइल परीक्षण गरेर दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले समुद्रमा मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । राष्ट्र संघले उत्तरमाथि लगाएको नयाँ प्रतिबन्धले कोरिया प्रायदीपमा तनाव झन् बढ्ने विश्लेषण गरिएको छ ।
दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...