काठमाडौं, २० फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात वटै दलका शीर्ष नेताहरु फेरि अचानक भारत भ्रमणमा जाने खबर प्राप्त भएको छ ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएलगतै सात वटै दलका अध्यक्षहरु अर्को हप्ता दिल्ली भ्रमणमा जाने निश्चित भएको समाचार स्रोतले जानकारी दिएको छ ।
भारतको राजधानी दिल्लीमा नेपाल–भारत सम्बन्धबारे १४ मार्चमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउन मधेसवादी दलका नेताहरु दिल्ली जान लागेका हुन् । यसका साथै दिल्ली भ्रमणमा सामूहिक रुपमा जान लागेका मोर्चाका अध्यक्षहरु उच्च तहका राजनीतिक र कुटनीतिक भेटघाट समेत गर्ने छन् । दिल्लीबाट फर्केपछि मात्रै मोर्चाले हालै निर्णय गरेको प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने कार्यक्रम राखिने छ ।
स्रोतका अनुसार चार दिन दिल्लीमा विताएर उनीहरु १५ मार्च अर्थात् चैत २ गते काठमाडौ फर्कने कार्यक्रम तय भएको छ ।
यसअघि मधेसी मोर्चामा आवद्ध चार दलका नेताहरु गत मंसीर तेस्रो हप्ता दिल्ली पुगेका थिए । अहिले मोर्चा विस्तार भएर सात दल पुगेपछि सबै अध्यक्षहरु दिल्ली जाने तयारी गरिरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...