-->
डिआईजी निरौलालाई कारबाही, अर्का डिआईजी अधिकारीलाई उन्मुक्ति

काठमाडौं, १६ चैत । प्रहरी संगठनलाई नै बदनाम गराउने गतिािवधिमा संगल्न एक डिआईजीलाई कारबाही प्रक्रिया सुरू गरिएको छ भने अर्का डिआईजीलाई भने उन्मुक्ति दिइएको छ ।
बाघको दाह्रासहित पक्राउ परेका मलेसियाली नागरिकलाई कारबाही नगरी छाडिएको घटनामा विमानस्थल प्रहरी प्रमुख डिआईजी गोविन्द निरौलामाथि छानबिन सुरू गरिएको छ । तर जडिबुटी तस्करीमा संलग्न डिआईजी केशव अधिकारीमाथि छानबिन गर्न भने आईजीपी उपेन्द्रकान्त अर्यालले कुनै चासो देखाएका छैनन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत रहँदा डिआईजी क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत रहँदा डिआईजी अधिकारीकै मिलेमतोमा सरकारले खरिदबिक्री तथा ओसारपसारमा प्रतिबन्ध लगाएको झ्याउ तस्करी भएको थियो ।
सरुवा भएपछि रातारात भारतसम्म पुगाउन खोज्ने क्रममा डिआईजी अधिकारीले रमाना लिएकै भोलिपल्ट सिआईबीको सूचनाका आधारमा बाँके प्रहरीले पक्राउ गरेको थियो ।
विभिन्न जिल्लाका चेकिङ पोष्ट कटाएर उक्त झ्याउ नेपालगञ्जसम्म पुगाएइएको थियो । तर आईजीपी अर्यालले आफ्नो ब्याचमेट भएकाले अधिकारलाई संरक्षण दिँदै आएका छन् ।
बाँके प्रहरीले ९ फागुनमा १३ टन जंगली झ्याउसहित नेपाल जुडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीलाई पक्राउ गरेको थियो ।
उक्त प्रतिबन्धित झ्याउ प्रहरीकै मिलेमतोमा भारतले तस्करीको प्रयास भइरहेको थियो । दैनिक नेपाल  बाट।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.