-->
घुसको सट्टा प्रहरीलाई यस्तो आयो नयाँ अफर

काठमाडौं, १६ चैत । नेपाल प्रहरीमा यतिबेला हाइड्रोमा लगानीको चक्कर चलेको छ । प्रहरी प्रधान कार्यालयले नै हाइड्रो पावर पोजेक्टमा लगानीका लागि पैसा तयार राख्न निर्देशन दिँदै देशभरि सर्कुलर गरिएको छ ।
पूर्वप्रहरी र बहालवाला प्रहरी मिलेर ५९ मेघावटको हाइड्रो पावर निर्माणमा लगानी जुटाउन लागिएको दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
नेपाल जलविद्युत तथा विकास कम्पनी लिमिटेडसँग मिलेर प्रहरीले हाइड्रो पावर निर्माणमा लगानी जुटाउन लागेको हो ।
८ अर्ब ५० करोड रुपियाँ लगानी हुने हाइड्रोमा प्रहरी कर्मचारीबाट एक अर्ब १४ करोड शेयर रकम उठाउनको लागि प्रक्रिया अघि बढाएको छ ।
लगानी गर्न चाहने प्रहरीहरूलाई शेयर हाल्ने रकमसहित फर्म भर्न निर्देशन दिएको छ ।
नेपाल जलविद्युत तथा विकास कम्पनी लिमिटेडले ५९ मेगावाटको जलिविद्युत् परियोजनामा ४५ प्रतिशत शेयर जुटाउने प्रस्ताव नेपाल प्रहरीलाई गरेको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.