-->
रसियामा जहाज दुर्घटना, यात्रुसहित ५९ जनाको मृत्यु

दक्षिण रसियाको रोस्टोभ अनडनमा जहाज दुर्घटना हुँदा क्रियु र यात्रुसहित ५९ जनाको मृत्यु भएको छ। दुबईबाट रसियाको लागि उडेको फ्लाई दुबईको बोइङ ७३७ जहाज अवतरणका क्रममा दुर्घटना भएको हो। कमजोर भिजिबिलिटीका कारण जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।
जहाज रनवेबाट करिब पचास-सय मिटर बाँयातर्फ दुर्घटना भएको बताइएको छ।
जहाजमा सवार सबै यात्रु र क्रियु सदस्यहरुको मृत्यु भएको त्यहाँका क्षेत्रीय मन्त्रीले जानकारी गराएका छन्। जहाजमा ५५ जना यात्रु रहेको बताइएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.