६ चैत, काठमाडौं । भारत र पाकिस्तानको टीम वेन डे र टी-२० विश्वकपमा १० पटक भिडेका छन् । तर, यो सबै खेलमा जित म्यान इन ब्ल्यूकै भएको छ ।
यो इतिहास मेटाउने प्रयासमा शाहिद अफि्रदी र उनका खेलाडी शनिबार ईडन गार्डन्समा उत्रनेछन् । किनकी वन डे विश्वकपमा भारतको स्कोर ६-० छ भने टी-२० मा ४-० को छ । र, यो खेल धेरै क्रिकेट प्रेमीले प्रतिक्षा गरेको भिडन्त पनि हो ।
गत वर्ष भएको एकदिवसीय विश्वकपको सुरुवाति खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।
तर, शनिबारको खेलमा भारतलाई दबाब धेरै हुने पाकिस्तानी प्रशिक्षक वकार यूनुसको दाबी छ । हो पनि किनकी पहिलो खेलमा भारत ७९ रनमै अलआउट भएको छ र न्यूजिल्याण्डसँग ४७ रनको हार व्यहारेको छ । र, पाकिस्तानविरुद्धको खेल उसका लागि गर या मरको अवस्थामा छ ।
पाकिस्तानले भने आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको छ ।
घरेलु मैदानमा भारतलाई दबाब त हुनेछ नै । तर, यस्तै दबाव २०११ को विश्वकपको सेमिफाइनलमा पनि थियो । जहाँ धोनी र अफ्रिदी नै कप्तान थिए । तर, भारतले नै जित्यो । भारतको बलियो पक्ष ब्याटिङ नै हो । पाकिस्तानको टिममा मोहम्मद आमिर जस्ता बलर छन् ।
इडन गार्डन्समा भारत र पाकिस्तानको पहिलो टी-२० खेल हो । सुरुमा यो खेल धर्मशालामा तय भएको थियो, तर सुरक्षाका कारण कोलकत्तामा सारिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...