-->
चिनियाँ राजदूत चुन्ताईको एउटै प्रश्नले मधेसी मोर्चाको छुट्यो पसिना

काठमाडौं, ५ चैत । चिनियाँ राजदूत ऊ चुन्ताईले भारत भ्रमणबाट फर्केका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई शुक्रबार भेटेर संविधानविरुद्ध मधेस आन्दोलन गरिनुको कारणबारे सोध्ने भएका छन् ।
बिहीबार भेट तय गर्ने क्रममा चिनियाँ पक्षले आन्दोलनबारे जिज्ञासा राखेको र वार्ता सोही विषयमा केन्द्रित हुने स्रोतले बतायो ।
चिनियाँ राजदूतसँग भेटको समय मिलाएका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘आन्दोलनका क्रममा राज्यशक्तिको घुसपैठबाट भएको चीनविरोधी गतिविधिबारे जानकारी दिँदै मधेसी मोर्चा, गठबन्धन र आदिवासी जनजातिसमेतको विरोधमा जारी भएको संविधान अस्वीकार गर्न आग्रह गर्छौं ।’
दुई तिहाइ बहुमतबाट पारित संविधानले आफ्ना एजेन्डा सम्बोधन नगरेको भन्दै मधेस केन्द्रित दलले तराई मधेसमा आन्दोलन गर्ने क्रममा भएका चीनविरोधी गतिविधिप्रति चासो राख्दै आएको चीनले प्रधानमन्त्री केपी ओलीको भ्रमणअघि राजदूतलाई मोर्चाका नेतासँग परामर्श गर्न लगाएको स्रोतले बतायो ।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.