नेपाल आइपुगे ह्यारी, पाँच बजे प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने
काठमाडौं, ६ चैत । पाँचदिने नेपाल भ्रमणका सिलसिलामा बेलायतका राजकुमार ह्यारी काठमाडौं आइपुगेका छन् ।
उनी कतार एयरवेजको क्युआर ६४६ उडानमार्फत शनिबार दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय मिानस्थलमा ओर्लिएका छन् ।
राजकुमार ह्यारीसँगै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर, बेलायतका पत्रकार गरी ३० जनाभन्दा बढी संख्या भएको टोली नेपाल उत्रेको छ ।
काठमाडौं आइपुगेका ह्यारीले आजै अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । भने, आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...