एजेन्सी । संसारमा दिदी भाईको सम्बन्धलाई सबैभन्दा पवित्र मानिन्छ ।
तर, उत्तरप्रदेशको लखनउमा भाईले आफ्नै दिदीको अस्मिता लुट्न खोजेका छन् । हसनगंज पुलिस थाना क्षेत्रमा काका का छोराले आफ्नै दिदीमाथि यस्तो अश्लील हर्कत गरेका जो सोच्न पनि सकिदैन् ।
स्थानीय प्रहरीका अनुसार जब दिउँसो पीडित दिदी आफ्नो घरमा एक्लै थिइन् त्यही बेला उनका काका (अंकल)का छोरा (भाई) घरभित्र घुसेर गालि दिन थाले । त्यसपछि उनलाई समातेर अश्लील हर्कत गर्न थाले । त्यही बेला भाईले दिदीको कपडा समेत च्यातिदिए ।
पीडित दिदी ठूलो स्वरले कराउन थालेपछि परिवारका सदस्य र छिमेकी त्यहाँ आइपुगे । उनीहरुले आरोपी भाईलाई समातेर रामधुलाई गरे । घटनाको सूचना पाएपछि प्रहरीले छानविन थालेको छ । पीडित दिदीले यो घटनामा ११ जना विरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
समाचार अनुसार पुलिस थाना प्रमुख हसनजंग दिनेश सिंहले घटनाको अनुसन्धान भइरहेको र छानविन सकिएपछि आरोपीविरुद्ध कारवाही थालिने बताए । घटनाको कारण खुल्न सकेको छैन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...