मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनलाई भारतको नयाँ राष्ट्रपति बनाउन प्रस्ताव गरिएको छ ।
भारतमा सरकार चलाइरहेको भारतीय जनता पार्टीका सांसद एवं बलिउडका चर्चित अभिनेता शत्रुघ्न सिन्हाले अमिताभलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
हाल भारतमा प्रणव मुखर्जी राष्ट्रपति छन् । अब उनको कार्यकाल केही समयपछि सकिँदैछ । मुखर्जीको कार्यकाल सकिएपछि अमिताभलाई देशको राष्ट्रपति बनाउनुपर्ने सिन्हाले प्रस्ताव गरेका छन् ।
सिन्हा नरेन्द्र मोदीको पार्टी बीजेपीका सांसद हुन । सिन्हाको दिल्लीमा राम्रै हुकुम चल्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभलाई आफ्ना असल मित्र बताउँदै सिन्हाले राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् । सांस्कृतिक तथा सामाजिक क्षेत्रमा पकड रहेका अमिताभलाई राष्ट्रपति बनाउँदा भारत विश्वमै चर्चित बन्ने सिन्हाको भनाई छ ।
काला पत्थर, दोस्ताना र शान जस्ता चर्चित फिल्ममा सँगै काम गरेका सिन्हाले आफ्नो पुस्तक लोकार्पण कार्यक्रममा अमिताभमा राष्ट्रपति बन्ने सबै योग्यता रहेको पनि बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...