-->
प्रम ओलीलाई तर्साउन काठमाडौंमा मोर्चाले गर्यो शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको अघिल्लो दिन १५ दल आबद्ध संघीय गठबन्धनले चैत्र ६ शनिवार राजधानीमा कालो झन्डासहित ओली सरकार विरुद्ध बृहद् विरोध प्रदर्शन गरेको छ ।
मधेशी, आदिवासी जनजाति, दलित, महिला, उत्पीडित वर्गले उठाएको माग सम्बोधन गर्नु पर्ने, कालोबजारी बन्द हुनु पर्ने, इन्धन लगायत खाना पकाउने ग्यासको आपूर्ति सहज हुनु पर्ने मागसहित गठबन्धनले विरोध गरेको हो ।
खासगरी, मधेश मुद्दा सम्बोधनका लागि चीन सरकारले पनि प्रम ओलीमाथि यथेष्ट दबाब दोओस् र भ्रमणका दौरान कुनै महत्वपूर्ण सन्धी वा सम्झौता नहोस् त्यसको दबाबका लागि पनि गठबन्धनले राजधानी केन्द्रीत कालो झन्डासहित विरोधमा उत्रिएको हो ।
रत्नपार्कको शान्ति वाटिकामा भेला भएका गठबन्धनका नेता एवं कार्यकर्ताहरुले कालो झन्डा र प्लेकार्ड सहित ओली सरकार विरुद्ध नाराबाजी गर्दै भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर हुदै माइती मण्डलामा कोण सभामा परिणत भएको थियो । र्यालीको नेतृत्व भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.