काठमाडौ, २४ फागुन । नेपाली कांग्रेसको केन्द्रीय सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार दिउँसो २ बजेबाट सुरु भएको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरुले पहिलो चरणमा पहिलो र दोस्रो भएका उम्मेदवारहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल मध्ये एकको पक्षमा मतदान गरिरहेका छन् ।
मतदान स्थलमा दुई बजे अघि नै लामो लाईन लागेको थियो । नेपाली काग्रेसको नयाँ नेतृत्व चयनको लागि ३१६३ जनाले मत हाल्न पाउने छन् ।
पहिलो चरणमा देउवाले १५६४, पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत ल्याएका थिए । विद्यान अनुसार ५० प्रतिशत भन्दा बढी मत कसैले ल्याउन नसकेकोले दोस्रो चरणको निर्वाचन भएको हो ।
निर्वाचनमा देउवा र पौडेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ भने बहुमत देउवाको पक्षमा देखिएको छ । दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...