सर्वसाधारणले अब ग्यास नपाउने !
काठमाडौं, २७ फागुन । नाकाबन्दीभन्दा पहिला सामान्य अवस्थामा दैनिक ६० देखि ६६ बुलेट ग्यास ल्याइन्थ्यो ।
अहिले ५० देखि ६० बुलेट आउन थालेको छ । यो भनेको करिव पुग्दो हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
तर, सर्वसाधारणका चुला अझै बल्न सकेका छैनन् । आएको ग्यास कता हराइरहेको छ त ?
नाकाबन्दीयता सबै ग्यास उद्योग गरेर करिव ४ सय भूमिगत डिलर खुलेका छन् ग्यास विक्रेता महासंघका एक उच्च कर्मचारीले भने, आयात भएको ग्यास तिनै डिलरलाई बढी मात्रामा दिइन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...